काठमाण्डौ – नेपाल ट्रक यातायात व्यवसायी महासंघले पेट्रोलियम पदार्थको मूल्यवृद्धि प्रति आपत्ति जनाएको छ। महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँले मूल्य वृद्धिले यातायात व्यवसाय र आम नागरिकमा नकारात्मक असर पर्ने चेतावनी दिएका छन्।
महासंघका अनुसार, डिजेल र पेट्रोलको मूल्य बढ्दा ट्रक भाडा स्वचालित रूपमा समायोजन हुन नसक्दा व्यवसाय सञ्चालन कठिन हुने समस्या देखिएको छ। नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ र डिजेल/मट्टीतेलमा १० रुपैयाँले मूल्य वृद्धि गर्दै आइतबार राति १२ बजेदेखि लागू गरेको छ।
नयाँ मूल्य अनुसार काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोल १७२ रुपैयाँ र डिजेल/मट्टीतेल १५२ रुपैयाँ पुगेको छ भने अन्य वर्गका सहरहरूमा पनि नयाँ मूल्य लागू गरिएको छ।


