काठमाडौं — जनमत पार्टीका अध्यक्ष डा. सीके राउत ले संसदीय राजनीतिबाट संन्यास लिने घोषणा गरेका छन्। उनले अब चुनावी प्रतिस्पर्धामा उम्मेदवार नबन्ने र पदको राजनीतिमा सक्रिय नरहने स्पष्ट पारेका छन्।
डा. राउतले पदमा नरहे पनि जनताको अधिकार, पहिचान र सामाजिक न्याय का लागि सडक र सदन बाहिरबाट सङ्घर्ष जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले आफ्नो समय अब पार्टी सुदृढीकरण र सङ्गठन निर्माणमा खर्चिने बताए।


