काठमाडौं — डेडिकेटेड तथा ट्रंकलाइन विद्युत् महसुल विवादबारे विद्युत् नियमन आयोग मा चैत १ गतेबाट सुनुवाइ हुने भएको छ। पहिलो सुनुवाइ पञ्चकन्या प्लास्टिक इन्डस्ट्रिज र पञ्चकन्या स्टिल सम्बन्धी मुद्दामा गरिने आयोगले जनाएको छ।
उद्योगहरूले नेपाल विद्युत् प्राधिकरण ले निर्धारण गरेको बक्यौता महसुल अन्यायपूर्ण भएको भन्दै आयोगमा निवेदन दिएका हुन्। आयोगको निर्णयमा चित्त नबुझे अदालत जान सकिने व्यवस्था रहेको छ।


