Wednesday, March 18, 2026
Home > राष्ट्रिय समाचार > ढोरपाटनमा दादुरा नियन्त्रणबाहिर, खोप अभियान जारी

ढोरपाटनमा दादुरा नियन्त्रणबाहिर, खोप अभियान जारी

काठमाण्डौ — बागलुङको ढोरपाटनमा फैलिएको दादुरा संक्रमण अझै नियन्त्रणमा आउन सकेको छैन।

स्वास्थ्यकर्मी परिचालन गरेर १० देखि १९ वर्ष उमेर समूहका ५,६५६ जनालाई खोप लगाइएको प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ। छुटेकाहरूलाई चैत ५ गतेसम्म बुर्तिबाङ अस्पतालबाट खोप दिइँदैछ।

हालसम्म ७ जनामा संक्रमण पुष्टि भएको छ भने १०३ जना शंकास्पद बिरामी छन्। संक्रमण नियन्त्रणका लागि विश्व स्वास्थ्य संगठनसहितको टोली ढोरपाटनमा खटिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *