चितवन — नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोला क्षेत्रमा पहिरो र ढुङ्गा खस्ने जोखिम घटाउन दुईवटा फ्लड लाइट जडान गरिएको छ।
सडक डिभिजन भरतपुरका सबइन्जिनियर हरिकुमार श्रेष्ठका अनुसार, रातका समयमा पनि सडक स्पष्ट देखिने गरी विद्युत् प्राधिकरणसँगको समन्वयमा लाइट जडान गरिएको हो। यसअघि रात्रिबसमा ढुङ्गा खसे पनि चालकको सतर्कताले दुर्घटना टरेको थियो।
सवारी चालकलाई ‘ओभरटेक नगरी संयमित यात्रा’ गर्न समेत आग्रह गरिएको छ।


