इंग्ल्यान्डमा हुने द हन्ड्रेड क्रिकेट प्रतियोगिताको अक्सनमा नेपाली लेगस्पिनर सन्दीप लामिछाने यसपटक अनसोल्ड भएका छन्।
उनले विदेशी खेलाडी क्याटेगोरीमा ३१ हजार पाउन्ड बेस प्राइसमा नाम दर्ता गराएका थिए। तर विदेशी खेलाडीको कोटा पूरा हुँदासम्म उनको नाम अक्सनमा आउन सकेन, र अन्तिम चरणमा पनि कुनै टिमले उनलाई रोजेन।
यसअघि २०२१ मा ओभल इन्भिन्सिबल्सले उनलाई १ लाख पाउन्डमा अनुबन्ध गरेको थियो, तर उनले खेल्ने अवसर भने पाएका थिएनन्।
विश्वका चर्चित फ्रेन्चाइज लिगहरू — आईपीएल, बीबीएल, बीपीएल र सीपिएल खेलिसकेका सन्दीपका समर्थकहरू अब उनको अर्को अवसरको प्रतीक्षामा छन्।


