Friday, March 13, 2026
Home > राष्ट्रिय समाचार > धनुषामा गोली हानी हत्या, युवतीको पहिचान खुल्न सकेको छैन

धनुषामा गोली हानी हत्या, युवतीको पहिचान खुल्न सकेको छैन

धनुषा–औरही गाउँपालिका–१ मा एक महिनाअघि फेला परेको युवतीको शव अझै बेपहिचान छ। २३ माघको बिहान सडकछेउ फेला परेको शवमा बायाँ कनपट्टीमाथि गोली लागेको थियो।

युवतीले निलो सुरुवाल, सेतो स्वेटर र चप्पल लगाएकी थिइन्। प्रहरीले तस्वीर र विवरण सामाजिक सञ्जालमा सार्वजनिक गरी ७७ जिल्ला र भारतीय प्रहरीसँग समन्वय गरेको छ। शव हाल प्रादेशिक अस्पतालमा राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *