काठमाडौं — धनुषा–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का किशोरी साह कमलको उम्मेदवारी खारेजबारे दायर रिटको प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले अर्को इजलासमा पेसी तोक्न आदेश दिएको छ।
शुक्रबार न्यायाधीश शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले नयाँ सुनुवाइ मिति तय गरेको हो। साहले निर्वाचन आयोगको निर्णयविरुद्ध फागुन १९ गते रिट दायर गरेका थिए।
निर्वाचन आयोगले कालोसूचीमा परेको कारण उम्मेदवारी खारेज गरेको थियो र प्रतिस्पर्धी मातृकाप्रसाद यादवलाई विजयी घोषणा गरिसकेको छ। तर रास्वपाको चुनाव चिह्न ‘घण्टी’मा उल्लेख्य मत परेको थियो।


