काठमाडौं – धरहरा क्षेत्रको पार्किङ व्यवस्थापन काठमाडौँ महानगरपालिकाले सम्हालेको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार महानगरले फागुन १० गतेदेखि जिम्मेवारी लिएपछि नगर प्रहरी बलले सञ्चालन गरिरहेको छ।
धरहराको बेसमेन्ट पार्किङ बी–१, बी–२ र बी–३ गरी तीन भागमा विभाजित छ, जहाँ चारपाङ्ग्रे र मोटरसाइकल पार्किङको व्यवस्था गरिएको छ। आसपासका वसन्तपुर, विशालबजार र धर्मपथ क्षेत्रमा सडक पार्किङ निषेध गरिएको छ।
पार्किङ सेवा अहिले निःशुल्क छ र बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म खुला रहनेछ, तर गाडीको सुरक्षाको जिम्मेवारी भने गाडीधनीकै हुनेछ।


