Thursday, March 19, 2026
Home > राष्ट्रिय समाचार > नवनिर्वाचित सांसदको शपथ चैत १२ गते र पहिलो बैठक चैत १५ गतेपछि

नवनिर्वाचित सांसदको शपथ चैत १२ गते र पहिलो बैठक चैत १५ गतेपछि

काठमाडौं । संसद सचिवालय ले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथ चैत १२ गते र पहिलो बैठक चैत १५ गतेपछि गर्ने तयारी गरेको छ।

निर्वाचन आयोगले प्रतिवेदन राष्ट्रपति कार्यालय समक्ष पेश गरी सदस्यको नामावली सचिवालयलाई दिएपछि प्रक्रिया सुरु हुनेछ। त्यसपछि ७ दिने सूचना जारी गरी शपथ कार्यक्रम तय गरिनेछ।

कानुनी व्यवस्थाअनुसार ज्येष्ठ सदस्यलाई पहिले शपथ गराई अस्थायी सभामुखको जिम्मेवारी दिइनेछ। शपथपछि दलहरूले संसदीय दलका नेता चयन गर्नेछन् र त्यसपछि सरकार गठन प्रक्रिया अघि बढ्नेछ।

शपथ तथा पहिलो बैठक सिंहदरबारस्थित नयाँ संसद भवनमा गर्ने तयारी रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *