काठमाण्डौ — नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा जापनिज इन्सेफ्लाइटिसको सङ्क्रमणदर बढेसँगै ३५ वर्षमाथिका नागरिकलाई लक्षित खोप अभियान सुरु गरिएको छ।
प्रदेश जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लाभित्र एक लाख ५० हजारभन्दा बढी नागरिकलाई खोप लगाउने लक्ष्य राखिएको छ। चालु आर्थिक वर्षमा १५ सङ्क्रमित फेला परेका छन्, जसमा ६ जनाको मृत्यु भएको छ।
खोप अभियान जिल्लाका आठवटै पालिकामा सञ्चालन भइरहेको छ। यो रोग लामखुट्टे क्युलेक्सबाट सर्ने जनाइएको छ।


