नाइजेरियाको पठार राज्यस्थित गाउँमा बन्दुकधारी समूहको आक्रमणमा कम्तीमा २० जनाको ज्यान गएको छ। घटनामा १२ सुरक्षाकर्मी र आठ सर्वसाधारण मारिएका छन्।
सुरक्षाकर्मीमाथि अचानक हमला भएपछि स्थानीय बासिन्दा मारिएका हुन् भने आक्रमणकारीहरूले गाउँमा प्रवेश गरी सम्पत्ति लुटेर फरार भएका छन्। नाइजेरियामा कट्टरपन्थी विद्रोह र सामूहिक अपहरणले सुरक्षा चुनौती बढाउँदै आएको छ।


