काठमाडौं — गगनकुमार थापाले निर्वाचनमा पार्टीको कमजोर प्रदर्शनको नैतिक जिम्मेवारी लिँदै नेपाली कांग्रेस सभापति पदबाट राजीनामा दिएका छन्।
उनले राजीनामा विश्वप्रकाश शर्मालाई बुझाएका हुन्। यद्यपि, पार्टीले औपचारिक पुष्टि नगरेको र केन्द्रीय समितिबाट अस्वीकार गरी उनलाई नै नेतृत्वमा राख्ने तयारी भइरहेको स्रोतको भनाइ छ।
राजीनामाबारे अन्तिम निर्णय अब बस्ने केन्द्रीय समितिको बैठकले गर्नेछ।


