काठमाडौं – निर्वाचन आयोगले समानुपातिक प्रणालीतर्फ निर्वाचित ११० सांसदको आधिकारिक सूची सार्वजनिक गरेको छ। दलहरूले पठाएको सिफारिसका आधारमा आयोगले सांसदहरूलाई निर्वाचित घोषणा गरेको हो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सर्वाधिक ५७ सांसद समानुपातिकमा चयन भएका छन्। नेपाली कांग्रेसबाट २०, एमालेबाट १६ र नेकपाबाट ८ जना सांसद समानुपातिक प्रणालीबाट निर्वाचित भएका छन्। श्रम संस्कृति पार्टीले ४–४ सांसद पाउने अधिकार पाएको छ।


