काठमाडौं — नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले हाल सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समीक्षा गरी सात दिनभित्र प्रतिवेदन बुझाउन मातहतका कमिटीलाई निर्देशन दिएको छ।
पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाल ले हस्ताक्षरित निर्देशनमा निर्वाचन परिचालन, प्रचार अभियान, आर्थिक व्यवस्थापन, सामाजिक सञ्जालको प्रयोग र निर्वाचन चुनौतीसम्बन्धी यथार्थ विवरण समावेश गर्न भनिएको छ। पार्टीले अब संसद्मा जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने स्पष्ट पारेको छ।


