Tuesday, March 17, 2026
Home > आर्थिक समाचार > नेप्सेमा दोहोरो अंकको गिरावट

नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौं – साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजार दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक २६.०७ अंकले घटेर २७९८.८३ विन्दुमा झरेको छ।

सोमबार ३४५ कम्पनीको १ लाखभन्दा बढी कारोबारबाट ११ अर्ब ९७ करोड रुपैयाँ बराबरको ३ करोडभन्दा बढी कित्ता शेयर किनबेच भएको छ।

बजार घटे पनि सालपा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, अप्पर हेवाखोला हाइड्रोपावर कम्पनी र सोलु हाइड्रोपावर कम्पनीका शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन्।

कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *