Sunday, March 15, 2026
Home > आर्थिक समाचार > नेप्सेमा सामान्य सुधार, १४ अर्बभन्दा बढी कारोबार

नेप्सेमा सामान्य सुधार, १४ अर्बभन्दा बढी कारोबार

काठमाडौं — साताको पहिलो दिन नेप्से परिसूचक ४.४५ अंकले बढेर २,८२४.९० विन्दुमा पुगेको छ। आज ३५० कम्पनीका करिब ३ करोड ९५ लाख कित्ता शेयर कारोबार हुँदा १४ अर्ब ३२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ।

कारोबारमा व्यापार समूह सबैभन्दा धेरै २.८३ प्रतिशतले बढ्दा होटल–पर्यटन, लगानी, जीवन बिमा र म्युचुअल फण्ड समूह भने घटेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *