एजेन्सी — पश्चिम एशियामा जारी युद्धले विश्वव्यापी खाद्य असुरक्षा अभूतपूर्व स्तरमा पुर्याएको छ। विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)का अनुसार हाल करिब ३२ करोड मानिस भोकमरीको जोखिममा छन्।
संयुक्त राज्य अमेरिका, इजरायल र इरानबीचको द्वन्द्वले खाद्य र इन्धनको मूल्य बढाएपछि कमजोर जनसंख्या सबैभन्दा प्रभावित भएको छ। डब्लुएफपी उपकार्यकारी निर्देशक कार्ल स्काउले युद्ध लम्बिँदा र तेलको मूल्य प्रति ब्यारेल १०० डलरभन्दा माथि गए थप ४ करोड ५० लाख मानिस जोखिममा पर्न सक्ने बताए।
लेबनान, खाडी क्षेत्र, सोमालिया, केन्या, सुडान र अफगानिस्तानमा खाद्य संकट बढिरहेको छ। डब्लुएफपीले लेबनानमा हजारौँलाई राहत वितरण गर्दै आएको छ र आगामी तीन महिनाका लागि ७७ मिलियन अमेरिकी डलर सहयोगको अपिल गरेको छ।


