काठमाडौं, २०८२ चैत ३ – पाकिस्तानको हवाई आक्रमणले अफगानिस्तानको एक अस्पतालमा सयौंको मृत्यु भएपछि अफगान क्रिकेट खेलाडीहरूले कडा प्रतिक्रिया जनाएका छन्। क्रिकेटर नवीन-उल-हकले पाकिस्तानी र इजरायली शासनको बीचमा समानता रहेको टिप्पणी गरे। राशिद खानले अस्पताल र शैक्षिक संस्थाहरूलाई लक्षित गर्नु युद्ध अपराध भएको बताएका छन्। मोहम्मद नाबीले अस्पतालमा उपचार गर्दै गरेका युवाहरूको ज्यान गएको दुखेसो जनाए, जबकि अजमतुल्लाह उमरजाईले हवाई आक्रमणपछि आकाशमा उठेका आगोका लप्काहरूको चर्चा गरे।


