काठमाडौं — नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले डिजेल र पेट्रोलमा मूल्य वृद्धिपछि तत्काल सार्वजनिक यातायातको भाडा समायोजन गर्न सरकारसँग माग गरेको छ।
महासंघका अनुसार चैत्र २ देखि डिजेलमा १० र पेट्रोलमा १५ रुपैयाँ वृद्धि हुँदा व्यवसायी र उपभोक्तामा प्रत्यक्ष असर परेको छ। महासंघले २०६५ सालमा तय गरिएको वैज्ञानिक विधिअनुसार भाडा पुनः समायोजन गर्न आग्रह गर्दै, नेपाल आयल निगमभित्र आन्तरिक चुहावट रोक्न र आपूर्ति व्यवस्थालाई सुधार्न पनि सरकारसँग ध्यानाकर्षण गराएको छ।


