Wednesday, March 18, 2026
Home > राष्ट्रिय समाचार > पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण: अख्तियारले विशेष अदालतको थुनछेक आदेश सर्वोच्चमा चुनौती

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण: अख्तियारले विशेष अदालतको थुनछेक आदेश सर्वोच्चमा चुनौती

काठमाडौँ, २ चैत – पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा आठ अर्ब ३६ करोड रुपैयाँ भ्रष्टाचार प्रकरणमा विशेष अदालतले प्रतिवादीमाथि दिएका थुनछेक आदेशविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत पुगेको छ।

सोमबार दायर निवेदनमा अख्तियारले विशेष अदालतले प्रतिवादीहरूलाई छुट्टाछुट्टै धरौटीमा पुर्पक्ष दिने आदेश बेरित भएको दाबी गर्दै, सबैलाई थुनामा पठाउन माग गरेको हो।

यस प्रकरणमा पाँच जना पूर्वमन्त्रीसहित ५६ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो। सर्वोच्चले यस निवेदन छिट्टै सुनुवाइ गर्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *