Friday, March 13, 2026
Home > राष्ट्रिय समाचार > प्यूठानमा कम्युनिस्ट प्रभाव तोडे, रास्वपाका सुशान्त वैदिक सांसद बने

प्यूठानमा कम्युनिस्ट प्रभाव तोडे, रास्वपाका सुशान्त वैदिक सांसद बने

प्यूठान — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ३१ वर्षीय सुशान्त वैदिकले लामो समयदेखि कम्युनिस्ट प्रभाव रहेको प्यूठानमा प्रतिनिधिसभा सदस्यमा विजय हासिल गरे।
शिक्षा यात्रा तुलसीपुरको राप्ती बोर्डिङ स्कूलबाट सुरु भई काठमाडौंको पेन्टागन इन्टरनेसनल कलेज र मलेसियाको हेल्प युनिभर्सिटीमा अर्थशास्त्रमा स्नातक, त्यसपछि नर्वेको नर्वेजियन स्कुल अफ इकोनोमिक्सबाट स्नातकोत्तर अध्ययन पूरा गरेका उनी नीति र अर्थतन्त्रमा सक्रिय थिए।

लुम्बिनी प्रदेश सरकारमा आर्थिक सल्लाहकारको रूपमा काम गरेका वैदिकले प्रदेश सरकारका विभिन्न मुख्यमन्त्रीसँग सहकार्य गर्दै बजेट निर्माण, विकास रणनीति र नीति अवधारणा तयार पार्न भूमिका खेले।

जेनजी आन्दोलनमा सक्रिय रहेर रास्वपामा आबद्ध भएका वैदिकले पार्टीबाट प्यूठानको टिकट पाए। उनले २७ हजार ४६९ मत प्राप्त गर्दै कांग्रेस र एमालेका प्रतिस्पर्धीलाई पछि पारेर विजय हासिल गरे।

सांसद बनेपछि वैदिकले नीति निर्माण, दीर्घकालीन प्रणाली सुधार र स्वास्थ्य, शिक्षा, खानेपानी तथा धार्मिक–पर्यटकीय पूर्वाधार विकासमा ध्यान केन्द्रित गर्ने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *