काठमाडौँ । प्रतिनिधिसभामा सीमान्तकृत समुदायको प्रतिनिधित्व अपेक्षाकृत कमजोर देखिएको छ।
प्रत्यक्षतर्फ १६५ सिटमध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) मात्रै सीमान्तकृत समुदायका उम्मेदवार निर्वाचित भएका छन्। त्यस्तै आदिवासी जनजाति २६, मधेशी २८, थारू पाँच, मुस्लिम चार र दलित एक जना मात्रै निर्वाचित भएका छन्।
समानुपातिकतर्फ विभिन्न दलबाट दलित क्लस्टरका १४ जना प्रतिनिधिसभामा आउने देखिएको छ, जुन कुल सदस्य सङ्ख्याको झन्डै ५ प्रतिशत मात्र हो। तथ्याङ्कअनुसार दलित समुदायको प्रतिनिधित्व अघिल्ला संसद्हरूको तुलनामा घट्दै गएको देखिएको छ।


