Thursday, March 19, 2026
Home > राष्ट्रिय समाचार > प्रतिवेदन पेससँगै नयाँ सरकार निर्माण र सांसद शपथको बाटो खुले

प्रतिवेदन पेससँगै नयाँ सरकार निर्माण र सांसद शपथको बाटो खुले

काठमाडौँ — निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएपछि नयाँ सरकार गठन र सांसदहरूको शपथ लिने बाटो खुलेको छ।

फागुन २१ गते भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १८२ सिट जितेर सहज बहुमत हासिल गरेको छ। सङ्घीय संसद् सचिवालयले चैत १२ गते नवनिर्वाचित सांसदहरूको पद तथा गोपनीयताको शपथ कार्यक्रम तय गरिसकेको छ। रास्वपाले दलको बैठकबाट संसदीय दलको नेता चयन गरेपछि राष्ट्रपति प्रधानमन्त्री नियुक्ति गर्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *