Tuesday, March 17, 2026
Home > राष्ट्रिय समाचार > प्रधानमन्त्री र गृहमन्त्रीद्वारा काठमाडौँ प्रशासन कार्यालय अनुगमन, सेवा सुधारमा जोड

प्रधानमन्त्री र गृहमन्त्रीद्वारा काठमाडौँ प्रशासन कार्यालय अनुगमन, सेवा सुधारमा जोड

काठमाडौं, २ चैत – प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले जिल्ला प्रशासन कार्यालय, काठमाडौँको सेवा प्रवाह प्रत्यक्ष अनुगमन गरेका छन्।

अनुगमनका क्रममा प्रधानमन्त्री कार्कीले सेवाग्राहीका गुनासो सुन्ने र कर्मचारीलाई छिटो, झन्झटरहित सेवा दिन निर्देशन दिइन्। गृहमन्त्री अर्यालले प्रशासन पारदर्शी बनाउने र विचौलियाहरूको गतिविधि शून्य सहनशीलतासाथ नियन्त्रण गर्ने चेतावनी दिए।

यस कदमले कार्यालयको ढिलासुस्ती घटाउने र सर्वसाधारणलाई सहज सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *