काठमाडौं — विश्व फुटबल संस्था फिफाले सन् २०२६ को विश्वकप फुटबलको खेल तालिका यथावत् रहने जनाएको छ।
इरानले सुरक्षा र राजनीतिक कारण देखाउँदै आफ्ना खेलहरू अमेरिकाबाट मेक्सिकोमा सार्न प्रस्ताव गरेको थियो, तर फिफाले यसलाई अस्वीकार गरेको हो।
फिफाका अनुसार, ६ डिसेम्बर २०२५ मा तय तालिका अनुसार नै प्रतियोगिता सञ्चालन हुनेछ। विश्वकप अमेरिका, मेक्सिको र क्यानडाको संयुक्त आयोजनामा ११ जून २०२६ बाट सुरु हुनेछ।


