Friday, March 13, 2026
Home > राष्ट्रिय समाचार > बालेनको नयाँ सरकार: मन्त्रालय घटाउने, गैरसांसद मन्त्री नबनाउने

बालेनको नयाँ सरकार: मन्त्रालय घटाउने, गैरसांसद मन्त्री नबनाउने

काठमाडौं । रास्वपाका वरिष्ठ नेता र भावी प्रधानमन्त्री बालेन्द्र साहले नयाँ सरकार गठनका लागि आन्तरिक तयारी सुरु गरेका छन्।

स्रोतका अनुसार बालेन गैरसांसदलाई मन्त्री बनाउने हल्ला गलत भएको बताउँदै, सांसदहरूमध्येबाटै मन्त्री छान्ने योजना बनाइरहेका छन्। यसैगरी, मन्त्रालयको संख्या हालको २२ बाट घटाएर १४–१५ बनाउने पक्षमा छन्।

रास्वपाले आमनिर्वाचनमा १८२ सांसदको समर्थनसहित स्पष्ट बहुमत पाएको छ, जसले बालेनलाई नेपालकै शक्तिशाली प्रधानमन्त्रीमध्ये एक बनाउन सहयोग गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *