Friday, March 13, 2026
Home > राष्ट्रिय समाचार > बालेन शाह: सबैभन्दा कम उमेरमा जननिर्वाचित युवा प्रधानमन्त्री बन्ने दौडमा

बालेन शाह: सबैभन्दा कम उमेरमा जननिर्वाचित युवा प्रधानमन्त्री बन्ने दौडमा

काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख बालेन्द्र शाह, ३५ वर्षको उमेरमा, नेपालको सबैभन्दा कम उमेरका जननिर्वाचित प्रधानमन्त्री बन्ने तयारीमा छन्। उनले प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई ५० हजार मतको अन्तरले पराजित गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १८२ सिट जितेर ऐतिहासिक जीत हासिल गरेपछि बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाइएको छ। निर्वाचन आयोगको प्रक्रिया पूरा भएपछि, रास्वपाको नेतृत्वमा नयाँ सरकार गठन हुनेछ, र बालेन शाह मधेसी मूलका पहिलो प्रधानमन्त्रीको कीर्तिमानी कायम गर्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *