Sunday, March 15, 2026
Home > मुख्य समाचार > मधेशमा चुनावी लहर र यसको विश्लेषण: पुराना नेताहरूको निराशा, नयाँ नेतामा आशा

मधेशमा चुनावी लहर र यसको विश्लेषण: पुराना नेताहरूको निराशा, नयाँ नेतामा आशा

काठमाडौँ, १ चैत २०८२ – यसपटक मधेशमा आधारित दलहरूको चुनावी माहोल कमजोर देखियो। सरकारमा सहभागि दलहरूको निराशा र जनतामा विकर्षणको स्थिति स्पष्ट भयो। पुराना नेताहरू र नारामा जनता वाक्क भएका जस्तो देखिएपछि, मधेशी दलहरूको प्रभाव घटेको देखिन्छ।

सीके राउतको नेतृत्वमा नयाँ आशा जगेर्ना भएको थियो, तर उनले चाँडै निराश पारे। यस चुनावमा ‘नयाँ’ दलको अस्तित्वले पुराना पहिचान र मुद्दालाई साइड गरेर जनताको ध्यान खिचेको छ। बालेन शाहको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी चिह्न घण्टीले मात्रै मतदाताको विश्वास जितेको देखिन्छ।

तर, मधेशी नेता राजेन्द्र महतोका अनुसार, चुनावी परिणामले संघर्षको भविष्य निर्धारण गर्दैन। मधेश आन्दोलनबाट प्राप्त सफलताहरू अब धरापमा परेको र भविष्यमा नयाँ संघर्षको आवश्यकता रहेको उनले जनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *