जनकपुरधाम, चैत ४ – मधेश प्रदेशमा बलात्कारका घटना भयावह रूपमा बढ्दै गएको देखिएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को तथ्यांक अनुसार एक वर्षमा २२० बलात्कारका घटना भएका छन्।
पीडितमध्ये १०१ जना बालिका र ११९ जना महिला रहेका छन्। सबैभन्दा बढी घटना धनुषामा र सबैभन्दा कम सप्तरीमा भएका छन्।
प्रहरीका अनुसार १०१ घटना कानुनी दायरामा आएका छन् भने ११९ घटनामा अझै अनुसन्धान जारी छ। अधिकारकर्मीहरूले धेरै घटना अझै सार्वजनिक नभएको हुनसक्ने बताएका छन्।


