कोहलपुर — बाँकेको बैजनाथ गाउँपालिका–५ छमनियामा खेतको मसुरोको विवादमा एक महिलाको हत्या भएको छ। स्थानीय ५५ वर्षीया भगवनी थारु लाई ५५ वर्षीय सीताराम थारु ले धारिलो हतियार प्रहार गरेर मार्दा उनको छोरा ३५ वर्षीय अर्जुन थारु घाइते भएका छन्।
अर्जुनलाई मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ भने हत्यामा संलग्न सीतारामलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनास्थलमा अनुसन्धान जारी छ।


