नवनिर्वाचित प्रतिनिधि सभा सदस्य महावीर पुनमाथि अभद्र व्यवहार गरेको आरोपमा कास्की पोखराका विकास गुरुङलाई पक्राउ गरिएको छ। प्रहरीले गुरुङलाई महेन्द्रपुलबाट पक्राउ गरेको हो।
गुरुङले महावीर पुनको पुस्तक “महावीर पुन सम्झना, सपना र अविरल यात्रा” बिक्री गर्दा अपशब्द प्रयोग गरेर अभद्र व्यवहार गरेका थिए।
प्रहरीका अनुसार, गुरुङ यसअघि लागुऔषध मुद्दामा तीन पटक सजाय भोगिसकेका छन्। थप अनुसन्धान प्रक्रिया जारी रहेको कास्की जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक हरी बहादुर बस्नेतले जानकारी दिएका छन्।


