अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला राष्ट्रिय लिगका खेल तीन दिनका लागि स्थगित गरेको छ। बुधबारबाट सुरु भएको लिगमा हालसम्म चार खेल भइसकेका छन्। एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले अध्यागमन विभागको पत्रपछि स्थगित गर्नुपर्ने भएको बताए र आगामी योजना छलफलपछि तय हुने जानकारी दिए। अध्यागमन विभागले पर्यटकीय भिसामा रहेका विदेशी खेलाडीलाई सहभागी हुन नदिन एन्फालाई निर्देशन दिएको थियो।


