काठमाडौं, १ चैत २०८२ – भदौ २३ र २४ को जेनजी आन्दोलनको छानबिनका लागि बनेको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघरमा प्रदर्शन भएको छ। प्रदर्शनमा रक्षा बमसहितका सहभागीहरूले प्रतिवेदन सार्वजनिक नगरेकोमा आपत्ति जनाए।
सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा समिति गठन गरी प्रतिवेदन बुझाइसकेको भए पनि हालसम्म सार्वजनिक नगरिएको छ। प्रदर्शनकर्ताहरूले प्रतिवेदन सार्वजनिक गर्न दबाब दिएका छन्।


