Friday, March 13, 2026
Home > मनोरञ्जन समाचार > मिस नेपाल २०२६ बाट ‘मिस अर्थ’ विधा हटाइयो

मिस नेपाल २०२६ बाट ‘मिस अर्थ’ विधा हटाइयो

काठमाडौं — ३० वर्षदेखि The Hidden Treasure ले आयोजना गर्दै आएको Miss Nepal प्रतियोगितामा यस वर्षदेखि ‘मिस अर्थ’ विधा हटाइएको छ।

निर्देशक Pramod Kansakar का अनुसार मिस नेपाल २०२६ मा अब मिस वर्ल्ड, मिस कोस्मो र मिस इन्टरनेसनल गरी तीन शीर्षक मात्र घोषणा गरिनेछ। उनले ‘मिस अर्थ’ मा धेरै वर्ष प्रतिस्पर्धी पठाए पनि उल्लेखनीय सफलता नआएकाले तत्कालका लागि बाहिरिने निर्णय गरिएको बताए।

नेपालले Miss Earth मा राम्रो प्रस्तुति दिए पनि हालसम्म सेमिफाइनलमा पुग्न सकेको छैन। सन् २०२५ मा Sony Ghale ले ट्यालेन्ट राउन्ड जितेकी थिइन् भने २०२२ मा Sarisha Shrestha ले ‘बेस्ट इको भिडियो’ अवार्ड जितेकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *