Monday, March 16, 2026
Home > राष्ट्रिय समाचार > मुख्यमन्त्रीमाथि घुस मागेको आरोप लगाउने वन अधिकृत पक्राउ

मुख्यमन्त्रीमाथि घुस मागेको आरोप लगाउने वन अधिकृत पक्राउ

धनगढी — सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहमाथि घुस मागेको आरोप लगाएका वरिष्ठ डिभिजन वन अधिकृत कृष्णदत्त भट्ट पक्राउ परेका छन्।

मुख्यमन्त्रीका स्वकीय सचिव प्रयागराज खनालको उजुरीपछि साइबर अपराध अन्तर्गत भट्टलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय परिसरबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। थप अनुसन्धान जारी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *