काठमाडौं — सर्वोच्च अदालतका यातायात सम्बन्धी आदेशहरूको कार्यान्वयन सुनिश्चित गर्न गठित जाँचबुझ आयोगले गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष प्रतिवेदन बुझाएको छ। आयोगको अध्यक्ष दीपक सुवेदीले प्रतिवेदनमा तत्काल कार्यान्वयन गर्नुपर्ने कदम, आवश्यक कानुन संशोधन वा नयाँ कानुन निर्माण, र यातायात क्षेत्रमा रहेका कानुनी तथा संस्थागत समस्याहरू समाधान गर्ने विस्तृत कार्ययोजना समावेश भएको जानकारी दिएका छन्।
गृहमन्त्री अर्यालले प्रतिवेदनलाई छिटो मन्त्रिपरिषद्मार्फत निर्णय गराएर लागू गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।


