तेहरान — इरानका पूर्व कमान्डर मोहसेन रजाईले इरान–इजरायल युद्ध अन्त्य गर्न अमेरिकासामु दुई सर्त राखेका छन्। उनले युद्धबाट भएको क्षतिको क्षतिपूर्ति दिनु र भविष्यमा इरानमाथि आक्रमण नहुने पूर्ण ग्यारेन्टी दिनुपर्ने बताएका छन्।
फेब्रुअरी २८ देखि जारी इरान–इजरायल युद्ध अहिले तेस्रो हप्तामा पुगेको छ, जसमा दुवैतर्फ ठूलो जनधनको क्षति भएको बताइएको छ।


