काठमाडौं, ३ चैत — संयुक्त अरब इमिरेट्स (यूएई) ले करिब दुई घण्टा बन्द गरेको आफ्नो एयरस्पेस मंगलबार पुनः खुला गरेको छ। क्षेत्रीय सुरक्षा तनाव बढेपछि सावधानीस्वरूप अस्थायी रूपमा उडान रोकेको थियो।
यूएईका अधिकारीहरूका अनुसार सुरक्षा अवस्थाको मूल्यांकनपछि सम्बन्धित निकायसँग समन्वय गरेर आकाश मार्ग पुनः सञ्चालनमा ल्याइएको हो।
यसअघि ड्रोन आक्रमणका कारण दुबई अन्तर्राष्ट्रिय विमानस्थल प्रभावित भएको थियो भने मध्यपूर्वमा बढ्दो तनावले अन्तर्राष्ट्रिय उडानहरूमा समेत असर परेको छ।


