Friday, March 20, 2026
Home > राष्ट्रिय समाचार > रविविरुद्धको मुद्दामा आज पनि सुनुवाइ हुँदै

रविविरुद्धको मुद्दामा आज पनि सुनुवाइ हुँदै

काठमाडौं — रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दा फिर्ता गर्ने निर्णयविरुद्ध परेको रिटमा आज पनि सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।

न्यायाधीश सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा सुनुवाइ जारी छ, तर पूरा नभएकाले ‘हेर्दाहेर्दै’मा राखिएको छ।

यसअघि महान्यायाधिवक्ता सविता भण्डारी बरालले मुद्दा फिर्ता गर्ने निर्णय गरेकी थिइन्, जसविरुद्ध रिट दायर गरिएको हो। अदालतको आगामी निर्णयले मुद्दाको दिशा तय गर्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *