काठमाडौं — रवि लामिछानेसहितको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दा फिर्ता गर्ने विषयमा परेको रिटको बहस सकिएको छ।
न्यायाधीश शारंगा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासमा मंगलबार बहस अन्तिम दिन सम्पन्न भएको थियो। लामिछानेका तर्फ वरिष्ठ अधिवक्ता शुसिल पन्त, रमणकुमार श्रेष्ठ र अन्यले बहस गर्दै अभियोगपत्र संशोधन राजनीतिक प्रतिशोधका आधारमा गरिएको दाबी गरे। जवाफी बहसमा अधिवक्ता दिनेश त्रिपाठी र सुरेन्द्र भण्डारीले महान्यायाधिवक्ताको अधिकार दुरुपयोग भएको र मुद्दा फिर्ता भएको तर्क प्रस्तुत गरे।
सबै पक्षको बहस सकिएपछि न्यायाधीशहरूले आदेश तयार पार्ने तयारी गरेका छन्।


