Monday, March 16, 2026
Home > राष्ट्रिय समाचार > रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता रिट सर्वोच्चमा ‘हेर्दाहेर्दै’मा

रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता रिट सर्वोच्चमा ‘हेर्दाहेर्दै’मा

काठमाडौँ, २ चैत – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा फिर्ता गर्ने निर्णयविरुद्ध दायर रिट आज पनि सर्वोच्च अदालतमा ‘हेर्दाहेर्दै’मा राखिएको छ।

सोमबार सुनुवाइ नसकिएपछि न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले रिटलाई आज पनि ‘हेर्दाहेर्दै’मा राखेको हो। सुनुवाइ बाँकी रहेकाले मंगलबार यसमा निरन्तरता दिने निर्णय भएको छ।

महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध अघिल्लो सरकारको पालामा लगाइएका मुद्दा फिर्ता गर्दै सम्बन्धित जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिएकी थिइन्। मुद्दा फिर्ता गर्ने निर्णयविरुद्ध अधिवक्ताहरूले सर्वोच्चमा रिट दायर गरेका हुन्। सहकारी ठगी मुद्दा भने यस निर्णयले प्रभावित नहुने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *