काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज काठमाडौंको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरबाट डिस्चार्ज भएका छन्।
लामिछाने गत शुक्रबार पिसाबसम्बन्धी संक्रमणका कारण अस्पताल भर्ना भएका थिए। अस्पतालका स्रोतका अनुसार उनले चिकित्सकको निगरानीमा घर फर्किएका छन् र स्वास्थ्य स्थिर रहेको बताइएको छ।


