काठमाडौं, १ चैत २०८२ – राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीविरुद्ध ७० लाख रुपैयाँ बराबरको सम्पत्ति शुद्धीकरण अभियोगमा विशेष अदालतमा मुद्दा दर्ता भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारीले घुस लिएर सम्पत्ति शुद्धीकरण गरेको र विभिन्न बैंक तथा वित्तीय संस्थामा रकम दाखिला गरी घुसको स्वरूप परिवर्तन गरेको दाबी गरेको छ। अनुसन्धानका क्रममा भक्तपुरको दिव्यश्वरी आयोजना भित्रको जग्गा खरिद र ‘द कुटी रिसोर्ट’को कर्जा भुक्तानीमा घुसको रकम प्रयोग भएको तथ्य फेला परेको अख्तियारले जनाएको छ।


