Monday, March 16, 2026
Home > राष्ट्रिय समाचार > राज्यमन्त्री शोभा चेम्जोङको हङकङ भ्रमण स्वीकृत

राज्यमन्त्री शोभा चेम्जोङको हङकङ भ्रमण स्वीकृत

कोशी प्रदेश — कोशी प्रदेश मन्त्रिपरिषद्ले भौतिक पूर्वाधार विकास राज्यमन्त्री शोभा चेम्जोङको हङकङ भ्रमण स्वीकृत गरेको छ। उनी मार्च २९ मा हुने ११६औँ अन्तर्राष्ट्रिय महिला दिवस कार्यक्रममा सहभागी हुनेछन्। भ्रमण खर्च आयोजक संस्थाले व्यहोर्ने जनाइएको छ।

बैठकले ‘प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान ऐन, २०७९’ संशोधनका लागि विधेयक प्रदेश सभामा पेश गर्ने निर्णय पनि गरेको छ। साथै ‘कोशी प्रदेश निजी तथा साझेदारी फर्म दर्ता (दोस्रो संशोधन) नियमावली, २०८२’ र आयोजना छनोट, वर्गीकरण तथा आयोजना बैंक व्यवस्थापनसम्बन्धी कार्यविधि, २०८२ पनि स्वीकृत गरिएको सरकारका प्रवक्ता इन्द्रमणि पराजुलीले जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *