काठमाडौं, २०८२ चैत ३ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाही संसदीय दलका नेता बन्ने भएका छन्। शाहीले जुम्लाबाट लगातार दोस्रोपटक जित हासिल गरेपछि राप्रपाले राष्ट्रिय पार्टीको मान्यता कायम राख्न सफल भयो। पार्टीको कार्यसम्पादन समितिको बैठकमा अध्यक्ष राजेन्द्र लिङदेनले उनलाई स्वागत गरेका थिए। राप्रपाले यसपटक ५ सिटमा मात्र सिमित भएपनि संसदीय दलको नेता बन्न शाहीको नाममा कुनै द्विविधा नरहेको प्रवक्ता मोहन श्रेष्ठले बताएका छन्।


