काठमाडौं – राष्ट्रिय लिग फुटबलमा नेपाल पुलिस क्लब र सातदोबाटो युथ क्लबबीच आज भएको खेल २–२ गोलको बराबरीमा सकिएको छ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा दुबै टोलीले आक्रामक खेल प्रदर्शन गरे पनि विजेता निस्कन सकेन। लिगमा ‘ए’ डिभिजनका १३ र एन्फा प्रेसिडेन्ट लिगका ४ गरी कुल १७ टोली सहभागी छन्। खेलहरू दशरथ रङ्गशाला, च्यासल र सातदोबाटोमा आयोजना भइरहेका छन्।


