काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक तर्फको मतगणना सकिँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ५७ सिट पाउने देखिएको छ। प्रत्यक्षतर्फ १२५ सिटसहित रास्वपाको कुल सिट संख्या १८२ पुगेको छ, जसले दुईतिहाइ बहुमतका लागि आवश्यक १८४ सिटमा दुई सिटले कमी देखाएको छ।
समानुपातिक मत परिणामअनुसार नेपाली कांग्रेस २०, एमाले १६, नेकपा ९, श्रम संस्कृति पार्टी ४, र राष्ट्रिय प्रजातन्त्र पार्टी ४ सिट पाउने अनुमान गरिएको छ। अन्य दलले थ्रेसहोल्ड कटाउन सकेका छैनन्।

