काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपालको स्वच्छ जलविद्युतलाई प्रयोग गरेर क्रिप्टोकरेन्सी माइनिङ र प्रविधि निर्यात क्षेत्रमा विकास गर्ने प्रस्ताव अघि सारेको छ।
पार्टीको योजनामा राष्ट्रिय क्रिप्टोकरेन्सी नीति तयार पार्ने र प्रारम्भिक पाइलट परियोजना सुरु गर्ने समावेश छ। यसमार्फत उच्च मूल्यको सर्भर प्रोसेसिङ क्षमता अन्तर्राष्ट्रिय बजारमा बेच्ने र अतिरिक्त नवीकरणीय ऊर्जा प्रयोग गरी नेपालको डिजिटल अर्थतन्त्रको नयाँ अवसर सिर्जना गर्ने लक्ष्य राखिएको छ।

