काठमाडौं, २ चैत – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदहरूका लागि दुई दिने अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने भएको छ। चैत ३ र ४ गते काठमाडौंमा हुने कार्यक्रममा संसद्मा भूमिका, प्रक्रिया र पार्टी नीतिका विषयमा प्रशिक्षण दिइनेछ। रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार, सांसदलाई संसद्मा जिम्मेवारी र प्रभावकारी भूमिका निर्वाह गर्न मार्गदर्शन गर्न यो कार्यक्रम आयोजना गरिएको हो।


